काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै थिए । कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरे । पटक–पटक कार्यकर्ताले भीम रावल भनेपछि ओली झोक्किा थिए ।
‘चुप लागेर बस्नुस्, ओलीले भीम रावलको नाम लिनेहरुलाई जवाफ फर्काए, भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस् ।’ अध्यक्ष ओलीले भीम रावलको विषयमा नागरिकले राखेको जिज्ञासाबाट रुष्ट हुन थालेका छन् । यसअघिका अन्य केही कार्यक्रममा समेत कार्यकर्ताले भीमरावलबारे ओलीसँग सोधिखोजी गर्दै आएका छन् ।
भीम रावल अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवारका आकांक्षी थिए । उनलाई टिकट नदिइएको भन्दै कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई प्रश्न गर्दै आएका हुन् ।
ओलीले आइतबार नै एमाले अध्यक्ष ओलीले सुर्खेतमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरे । त्यस क्रममा उनले पाँच दलीय सत्ता गठबन्धनले चुनावपछि पनि सरकार बनाउने भनी गरेको दाबी र व्यवहारमा बेमेल रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्