Ads

राज्यनै मेरो बिरुद्ध लाग्यो‘ यो कायरता हो,बाहिर आएर स्वस्थ प्रतिस्पर्धा गरौँ : रवि लामिछाने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का प्रतिनिधि सभा सदस्यका उमेदवार रवि लामिछानेले चितवन प्रहरीले सुरक्षा दिन नसकेको गुनासो गरेकाछन् । आफ्नो पार्टीको प्रचारमा प्रयोग भएको गाडीमा आज इच्छाकामनामा तोडफोड भएपछि उनले प्रहरीले सुरक्षा दिन नसकेको गुनासो गरेका हुन् ।

प्रहरी र म्यादी प्रहरीकै अगाडि आफ्नो चुनाव प्रचारको गाडीमा आक्रमण भएको भन्दै उनले राज्य नै आफुमाथिको आक्रमणमा लागेको अनुभूति भएको बताए ।‘यो कायरता हो । कायरताबाट बाहिर आएर स्वस्थ प्रतिस्पर्धा गरौँ ।

यो गुण्डागर्दी तुरुन्त बन्द गर्नुपर्‍यो’, रविले भनेका छन् । बीच सडकमा आफ्नो टिममाथि आक्रमण भएको भन्दै उनले स्थानीय प्रशासनले व्यवस्था गरेको सुरक्षामाथि प्रश्न गरेका छन् । साथै उनले गुण्डागर्दीका बलमा चुनाव जित्ने चेष्टा नगर्न चेतावनी पनि दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू