Ads

दोलखाको गौरिशंकर गाउँपालिकाका उपाध्यक्षको निधन


दोलखा । दोलखाको गौरिशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । तामाङको आइतबार दिउँसो हृदयघातका कारण निधन भएको हो ।

तामाङलाई काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारकालागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको नेपाली कांग्रेस दोलखाले जनाएकाे छ।

तामाङ २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू