Ads

नेशनल जियोग्राफीको उत्कृष्ट होटल सूचीमा नेपालको शिन्तामणि


काठमाडाैँ।  नेशनल जियोग्राफीले सार्वजनिक गरेको विश्वका उत्कृष्ट होटलहरुको सूचीमा नेपालको शिन्तामणि पनि परेको छ ।

मुस्ताङको मार्फा-५ मा सञ्चालित यो होटल विश्वका उत्कृष्ट होटलहरुको सूचीमा २२ औँ नम्बरमा समेटिएको हो । नेशनल जियोग्राफीले एसियाबाट ‘बेस्ट अफ दि वर्ल्ड’मा सूचिकृत गर्दै शिन्तामणिलाई हिमाली तथा पौराणिक सभ्यताले भरिपूर्ण रहेको बताएको छ ।

यस होटलबाट देखिने दृश्य, यहाँको स्वाद र सहयोगी कर्मचारीहरुबारे खुलेरै तारिफ गरिएको छ । होटल नजिकैका कयौँ शताब्दीअघि बनेका गुम्बा र हिमशृंखलाले पर्यटकलाई लोभ्याउने नेशनल जियोग्राफीले उल्लेख गरेको छ ।

ढुंगा र काँचले नेपालीको परम्परागत शैलीमा निर्माण गरिएको र बाघको छालाजस्तो देखिने गलैँचा तथा प्रचीन वस्तुहरुले यस होटललाई स्तरीय बनाएको पनि जनाइएको छ ।

यती समूहअन्तर्गत शेर्पा हस्पिटालिटीको स्वामित्वमा रहेको शिन्तामणि कम्बोडियामा आधारित चर्चित ब्रान्ड पनि हो ।

Ads

सम्बन्धित पोष्टहरू