Ads

रुसी दूतावासअगाडि प्रदर्शन (फोटो फिचर)


काठमाडौं । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै आफन्तहरूले रुसी दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै रुसी सेनामा भर्ती भएकाहरूलाई सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारलाई आग्रह गरेका उनीहरूले आज दूतावासको ध्यानाकर्षण गराउन प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले ‘युद्धमा घाइते भएकाको उपचार गर’, ‘रुसी सेनामा नेपालीलाई भर्ना बन्द गर’, ‘युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर’, ‘युद्धमा प्रयोग भएका नेपालीलाई सकुशल नेपाल फिर्ता गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

बालुवाटारमा रहेको रुसी दूतावास नजिकै निषेधित क्षेत्रको छेउमा भेला भएका उनीहरु भित्र छिर्न खोजेका थिए ।

दूतावासमा गएर नै आफ्ना कुरा राख्ने भन्दै भित्र छिर्न खोजेका उनीहरुलाई प्रहरीले रोकेपछि अहिले सडकमा बसिरहेका छन् ।

रुसी सेनामा भर्ती भएर नेपाल फर्किएका युवाहरूले वैदेशिक रोजगारीका लाग दुबई कतार लगायतका देशमा गएका युवाहरू पनि उतैबाट रुसी सेनामा भर्ती हुन जाने गरेको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू