Ads

नयाँ सम्झौता गरौँ, देश यथास्थितिमा बस्न सक्दैन: अध्यक्ष लिङ्देन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताएका हुन् । ‘कुनै हालतले देश अगाडि बढ्न सक्दैन । यो कुरा राप्रपाले मात्रै होइन, उत्कृष्ट व्यवस्था भन्नेहरुले स्विकारिसक्नुभएको छ,’ लिङ्देनले भने ।

परिवर्तनको नाममा आएको व्यवस्था गणतन्त्र नै नभएको लिङ्देनले ठोकुवा गरे । जनताले यो व्यवस्थालाई लुटतन्त्र भनिरहेको सदनमा उनले सुनाए । केही सिमिति राजनीतिक दल र तिनका सिमित नेताहरुहरुको मुठ्ठीमा देश कैद भएको लिङ्देनले आरोप लगाए ।

राप्रपाले पछाडि फर्कन नखोजेको तर्क राख्दै लिङ्देनले देश यही अवस्थामा रहिरहन नसक्ने बताए । ‘अब नयाँ सम्झौता गरेर अगाडि जानुपर्दछ । कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्दैन भन्ने कुरा प्रमाणित भइसक्यो,’ लिङ्देनले सदनमा भने ।

 

 

Ads

सम्बन्धित पोष्टहरू