Ads

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/ ०८०’ पेस गर्ने सम्भावित कार्यसूची छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहालले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचारका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू