Ads

राजनीतिक स्थायित्वका लागि दुई ठूला दलको सरकार : उपप्रधानमन्त्री सिंह


काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मिलेर सरकार बनाएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं। १ का दुवै प्रदेश कार्य समितिद्वारा आज यहाँ आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा उनले राजनीतिक स्थिरता राजनीतिक, सामाजिक, आर्थिक विकासका काम गर्न दुई ठूला दल मिल्नुपरेका हो भने । उनले भने, “मुलुकमा स्थिरता र स्थायित्व दिनका लागि दुई प्रमुख राजनीतिक दल आर्थिक, सामाजिक परिवर्तन र राजीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको हो ।”

वर्तमान सरकारलाई सफल तुल्याउन जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने कार्यमा जुट्न उपप्रधानमन्त्री सिंहले पार्टी कार्यकर्तालाई आह्वान गरे । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पहिलो र दोस्रो ठूलो राजनीतिक दलबीचको सहकार्यमा बनेको वर्तमान सरकार राजतीतिक स्थिरता र विकासका लागि परिणाम देखिने गरी काम गर्ने बताए । दुई ठूला दल मिलेर प्रदेशमा सरकार बनेपछि स्थिरताको जग बसेको उनको भनाइ थियो ।

Ads

सम्बन्धित पोष्टहरू