Ads

एमालेका मनोनीत उपाध्यक्षसहित स्थायी र केन्द्रीय समिति सदस्यहरूले लिए शपथ


काठमाडाैं । नेकपा (एमाले) का नवनियुक्त उपाध्यक्ष गुरू बरालसहित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

एमालेले गत शुक्रबार बसेरा होटलमा बसेको सचिवालयको ३४ औं बैठकले उपाध्यक्ष बराल र १७ जना केन्द्रीय सदस्यहरूलाई मनोनीत गरेका थियो।

सुवास कर्माचार्य (सिन्धुपाल्चोक), जितेन्द्र देव (सप्तरी), रामप्रीत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमल तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देले (तनहुँ), मनोहर पौडेल विक (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही) ले शपथ लिएका हुन्।

त्यस्तै इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुषाल (अर्घाखाँची), प्रभा कोइराला (कास्की), मञ्जु शर्मा चालिसे (बाागलुङ), आशा जवेगु (पाँचथर) ले पनि शपथ लिएका थिए।

त्यस्तै, अनुशासन आयोगको सदस्यमा लमजुङमा मायानाथ अधिकारीलाई मनोनय गरिएको थियो।

उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराएका थिए।

Ads

सम्बन्धित पोष्टहरू