काठमाडाें । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन्।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।
सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्।
मन्त्रालयले पुन र आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको हो।
प्राधिकरण र उद्योगीबीचको विवादमा बक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै पुन र आचार्यले सञ्चालक समिति बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए। सोसँगै स्पष्टीकरण सोधेको मन्त्रालयले चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो।
उनीहरु पदमुक्त हुनासाथ नयाँ सञ्चालक नियुक्ति गरिएको हो।
नवनियुक्त सञ्चालक गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्वऊर्जासचिव हुन्।
प्रतिक्रिया दिनुहोस्