Ads

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके नेपाल विश्वका लागि नेपाल अनुकरणीय : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याएपछि विश्वका लागि पनि अनुकरणीय हुने बताएका छन् ।

टीआरसी विधेयकको सहमतिसहितको प्रतिवेदन बुझ्दै देउवाले कार्यदलप्रति आभार जनाए ।

कार्यदलको सहमतिअनुसार टुंगोमा पुर्‍याउन सकेको खण्डमा विश्वका लागि पनि अनुकरणीय हुने उनको विश्वास छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू