Ads

सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना


सुर्खेत, । लेखको दुल्लुबाट यात्रु लिएर वीरेन्द्रनगर आउँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका बागेसिमल प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिण कर्णाली राजमार्गमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई बालबालिकासहित १६ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले बताए । घाइते सबैको अवस्था सामान्य रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू