Ads

चीनबाट १० लाख सिरिन्ज अनुदानमा आउँदै


काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा सिरिन्ज दिएको छ । चीन सरकारले दिएको १० लाख सिरिन्ज तातोपानी भन्सारबाट छुटेर नेपाल आएको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । चीनले अनुदानमा दिने २० लाख सिरिन्ज अनुदानमा दिएको छ । जसमा १० लाख सीमा आउदै छ भने अझै १० लाख आउन बाँकी छ ।

करिब साढे २ करोड सिरिन्ज आउने चरणमा रहको समेत आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए । कोरोनाविरुद्धको खोप लगाउन प्रयोग गरिने सिरिन्ज ४६ लाख ८४ हजार स्टक रहेको छ । सरकारले २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू