तनहुँ, कात्तिक २१ गते । तनहुँका दुई स्थानमा भएको सडक दुर्घटनामा परी एक मृत्यु भएको छ भने एक जना बालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा बिहीबार राति मृत्यु भएका पैदलयात्रुको परिचय खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका वडा नं १ तालघरेमा दुर्घटनापछि अचेत शनिबार विहान अवस्थामा भेटिएका ती पुरुषको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ५०३१ नं को बसले पैदल यात्रीलाई ठक्कर दिँदा उहाँ घाईते भएपछि दमौलीस्थित रत्नहरी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा लगिएको थियो । अन्दाजी करिव ४० वर्षको देखिने ती पुरुषको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो ।
यसैगरी, व्यास नगरपालिका–१ गल्वुवेशीमा शनिबार साँझ ९ः५५ बजे स्कुटरले ठक्कर ठक्कर दिँदा स्थानीय बालक गम्भीर घाईते भएका छन् । गल्वुवेशीबाट दमौली जाँदै गरेको ग १९ प ९७८९ नम्बरको स्कुटरले पैदलयात्री प्रेमबहादुर नेपालीको छोरा वर्ष ९ को पवन नेपालीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्