Ads

एक उदार दम्पत्ती : जसका छन् समाजसेवामा अनेक आयाम


अमृता अनमोल

बुटवलकी जमुना श्रेष्ठ सानैदेखि पढाइमा तेज थिइन् । कक्षा, विद्यालय र जिल्ला प्रथम हुदै कक्षा १२ उत्र्तिण गरिन् । त्यसपछि पोखराको मणिपाल क्याम्पसमा एमबिबिएसमा छात्रवृत्तिमा नाम निकालिन् । अति विपन्न परिवारकी उनलाई छात्रवृत्ति रकमले मात्रै खान र शैक्षिक सामाग्री किन्न पुगेन ।  विलखबन्दनमा परेकी जमुनालाई बुटवलको खेमओमी पुन कल्याणकारी प्रतिष्ठानले शैक्षिक सामाग्री किनीदियो र मासिक १० हजार रुपैया उपलब्ध गरायो । उनले सहजै एमविविएसको पढाइ सकिन् । २ वर्ष लुम्बिनी प्रादेशिक अस्पतालमा काम गरिन् । जमुना अहिले एमडी पढ्ने तयारीमा छन् । ‘छात्रवृत्तिमा पढ्न पाएपनि धेरै कुरा आफैले जुटाउनु पर्दोरहेछ । घरबाट एक रुपैया लैजाने अवस्था थिएन । पढ्न नसकेर छोड्ने अवस्थामा थिए“,’ जमुनाले भनिन्, ‘प्रतिष्ठानको सहयोगले पढाइ पूरा गर्न पाए“ ।’

गुल्मीको भार्सेमा जन्मेर बुटवलमा औषधी व्यवसाय गर्ने खेमराज पुन र उनकी पत्नी ओमीकलाले आत्मशान्ति र पुण्यका लागि भन्दै आफ्नो कमाइको एक चौथाइ रकम जम्मा गरेर खेमओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरेका छन् । खेमको ५१ औं जन्मदिनको अवसरमा २०७० देखि स्थापित प्रतिष्ठानमा हाल एक करोड रकम छ । त्यसको ब्याजबाट अहिलेसम्म जमुनासहित विपन्न परिवारका ९ जना विद्यार्थीलाई एमविविएस पढ्न मासिक १० हजारसम्म रकम र शैक्षिक सामाग्री उपलब्ध गराएको छ । ४ जनाले एमबिविएस उत्र्तिण गरिसके भने एक जनाले एमडि गर्दैछन् । २ जना इन्जीनियर, २ जना कानुन, एक जना बिडिए, बि फार्मेसी हुदै २५ जनाले छात्रवृत्ति पाएका छन् । कोषबाट उनीहरुको पढाइमा मात्रै ४५ लाख रुपैया खर्च भएको छ । पढाइमा तेज भएपनि आर्थिक अभावले समस्या भएका विद्यार्थीहरु छात्रवृत्तिका कारण पढ्न पाउदा लक्ष्यमा पुग्न सकेका छन् ।त्यसमध्येका हुन् काशीराम विक ।

गुल्मीको नेटाका लुम्बिनी मेडिकल कलेज पाल्पामा छात्रवृत्तिमा नाम निकाले । तर, शैक्षिक सामाग्री किन्ने र खाने खर्चसमेत घरबाट जुटाउन सकेनन् । खेमओमी पुन कल्याणकारी प्रतिष्ठानले मासिक छात्रवृत्ति दिएपछि पढाइलाई निरन्तरता दिए ।

अहिले शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा। विक एमडी पढीरहेका छन् । ‘छात्रवृत्तिमा नाम निकालेर पनि पढ्ने अवस्था थिएन । प्रतिष्ठानले मासिक खर्च दिएकाले मात्रै पढ्न पाए“,’ विकले सुनाए ।

मनकारी दम्पती खेमओमीले छोराको विहेमा हुने खर्च जोगाएर १० लाखको राजु सरीता पुन भोजन सहयोग कोष खोलेर विपन्नलाई खाद्यान्न सहयोग दिएका छन् । छोराबुहारीमा पनि समाजसेवा र सहयोगी भावना जगाउन भन्दै उनीहरुकै नामबाट सहयोग कोष खोलेका हुन् । खेम नाबालक छदै बाबु बितेका थिए । जन्मस्थान भार्सेमा तिनै बाबु मनबहादुर र आमा गौरीका नामबाट ७ लाखको मनगौरी पुन शैक्षिक अक्षय कोष खोलेका छन् । त्यसबाट वर्षेनी विपन्न विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री दिइन्छ । हजुरआमा कला पुनको स्मृतिमा २ लाख रुपैया दिएर कलापुन महिला समूह बनाएका छन् । समूहमार्फत बीउ पूजी दिएर महिलाहरुलाई आयआर्जनमा लगाएका छन् ।

रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र, शवदाहगृह, ध्यान योगकेन्द्र बनाउनेदेखि सामाजिक भवन बनाउन रकम खर्चेका छन् । पाल्पा कारागारमा आमाबाबुस“गै रहेका बालबालिकादेखि युवाको पढाइमा सघाएका छन् । ‘अहिलेसम्म प्रतिष्ठान र अक्षयकोषबाट बाहेक ५५ लाख रुपैया“ समाज सेवामा लगाएछु,’ खेमले भने, ‘कसैको दुःख देख्यो कि सघाउन मन लाग्छ । अरुको उपकार हुने र कृति रहने सामाजिक काममा रकम खर्चदा खुशी लाग्छ ।’ उनीहरुको सहयोगबाट विपन्न र अशक्तले शिक्षादिक्षा देखि खानानाना र उपचारको सुबिधा पाएका छन् ।
खेम बौद्ध धर्म अनुसार विपश्यना ध्यान र हिन्दु धर्मको गीता पाठको प्रभावले समाज सेवामा लागेका हुन् । ‘विपश्यनाले जीवनको अर्थ बुझायो । गीताले सही समयमा सही व्यक्तिलाई दिने दानको महत्व सिकायो,’ उनले भने, ‘त्यसपछि कमाइको एकचौथाइ रकम सर्लक्क समाज सेवामा लगाउन थालें ।’ सधै सामान्य अवस्थामा देखिने खेम-ओमी आफ्नो काममा दत्तचित्त भएर लाग्छन् ।

त्यसबाट कमाउछन् । त्यहीं कमाइ रोजिन्दै कसै न कसैलाई खानादेखि– लत्ताकपडा, नगददेखि –आवास र उपचारसम्म सहयोग गर्छन् । आफ्नै पौरखले जोडेको रकम अरुको सहयोगमा खर्चन पाउदा खुसी छन् । ‘मानवता भनेकै हुनेले नहुनेलाई सहयोग गर्नु हो,’ खेमले भने, ‘देखावती सहनसहन, र भड्कीलो सस्कारमा गर्ने खर्च कटाएर विपन्नको सहयोगमा जुटेका हौं ।’


खेमओमीलाई लाग्छ, शिक्षाले ज्ञान मात्र होइन जीवनकै ढोका खोल्छ । त्यसैले खर्च अभावमा पढाइ रोकिने अवस्थामा पुगेका जो कोहीलाई सहयोग गर्ने उनीहरुको उद्घोष छ । त्यसकालागि आफूले सकून्जेल अक्षयकोषमा रकम बढाउने र आर्थिक अभावमा पढ्न नपाएका छोरीहरुको शिक्षामा रकम खर्च गर्ने योजनामा छन् । पतीपत्नीकै सहृदयी र सहयोगी भावनाले सहयोग अभियानमा जुटेका उनीहरु आफ्नो अवशेषपछि आफ्नो भागको सबै सम्पत्ति प्रतिष्ठानमा राख्न र विपन्नको शिक्षामा सहयोग गर्न चाहान्छन् ।

Ads

सम्बन्धित पोष्टहरू