Ads

शान्ति श्री परियार र टेक अधिकारीको सुमधुर स्वरमा (माछी लेउमा) बोलको गीत सार्वजनिक


काठमाडौं । चर्चित गायिका शान्ति श्री परियार र गायक टेक अधिकारीको सुमधुर स्वर रहेको माछी लेउमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा सीर्जना खत्री‘हाउडे माया’को शब्द रहेको छ भने गायक अधिकारीकै संङ्गीत भरिएको छ । रेशम प्रधानले म्यूजिक एरेन्ज गरेको गीतको मिक्स मास्टरिङ् खडक बाजुरेलीले गरेका हुन् ।

युवराज खत्रीको निर्देशनमा तयार पारिएको यस गीतको भिडियो सुजन श्रेष्ठले खिचेका हुन् । गीतको भिडियोमा अम्बिका तामाङ, टेक अधिकारी , राजु भुजेल , माया मम ठकुरी, सीता तिमल्सिना र सौगातजंग थापाको अभिनय रहेको छ ।

भिडियोको सम्पादन पनि निर्देशक खत्रीले नै गरेका छन् । यो गीतको भिडियोलाई टेक अधिकारी नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुस्  :  

Ads

सम्बन्धित पोष्टहरू