खुसी दिन्छु भनेर
भेटिएको मानिसले नै
आँसुको नदीमा बगाइदिएपछि
मैले हाँस्न बिर्सिएँ,
र मानिसका कसमप्रति घृणा गर्न थालेँ।
जब हाँसो र मानिसको साथ खोज्न छाडेँ,
म पन्छीजस्तै उड्न थालेँ।
पन्छी उडेको मात्र
समाजले देख्छ,
उसको पीडा र रुवाइ देख्दैन।
अब मलाई
आफ्नो रुवाइ देखाउनु छैन।
प्रतिक्रिया दिनुहोस्