Ads

प्रेम नगरेको भए प्रेम लेख्न सकिदैनथ्यो


सविना पौडेल, काठमाडौँ । आज ‘१४ फेब्रुअरी’ अर्थात ‘प्रणय–दिवस’ पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुने भन्दै प्रेम र विवाहलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइन यसको विरुद्धमा उभिए ।

उनलाई लाग्थ्यो – अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षण गलत होईन । त्यसैले उनले राजाको आदेशलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि युवायुवतीलाई प्रेरित गरे । जसका कारण उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएयो । प्रेमका लागि प्राण त्याग गर्ने उनै पादरी सेन्ट भ्यालेन्टाइनको सम्झनामा विश्वभर आजको दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

यसै उत्सवको आवसरमा आज युवा उपन्यासकार निमेश पौडेलसंग भलाकुसारी गरेका छौं । उहाँले दुईवटा उपन्यास प्रकाशन गरिसक्नुभएको छ । उहाँको पहिलो कृति फाईभ मन्थ्स् र दोस्रो कृति फेबु्रअरी १४ ले युवामाझ निकै चर्चा कमाएको छ ।

यसै सन्दर्भमा उहाँसंग गरिएको समसामयीक कुराकानी :

१) आज प्रणय–दिवस, तपाईलाई पहिलो प्रश्न : प्रेमलाई कसरी बुझ्नुहुन्छ ?

प्रेम भन्ने वित्तिकै म साथी बुझ्छु । त्यस्तो साथी जसलाई म सधै आफू भन्दा माथि राख्छु, म दुःखी हुँदा सबैभन्दा पहिले उसैलाई सम्झन्छु र खुसी हुँदा त्यो साथीसंगै रमाउन चाहन्छु । यदि कसैको मनमा कोहिप्रति यस्तो भावना प्रकट हुन्छ भने त्यो हो प्रेम ।

२) तपाईँको दोस्रो कृति फेब्रुअरी १४ लेखिनुको खास कारण ?

प्रेमिल कथा नै लेख्छु भन्ने थियो तर फेबु्रअरी १४ नै लेख्छु भन्ने थिएन । लेखेर सकिएपछि यसको नामाकरण फेबु्रअरी १४ हुन पुग्यो । किनभने कथा फेबु्रअरी १४ बाट सुरु भएर फेबु्रअरी १४ मै सकिएको छ ।

३) भनिन्छ, प्रेमले मान्छेलाई साहस दिन्छ, कमजोर पनि बनाउँछ । यो विषयमा तपाईँलाई के लाग्दछ ?

प्रेम साँचो नहुन पनि सक्छ । भन्नु को मतलब केही प्रेम नामको मात्र प्रेम हुन्छन् । हो, त्यस्तो झुठो प्रेमले कमजोर बनाउँछ । अबिरल आँसु बगाउँछ । तर साँचो प्रेमले सधै साहस दिन्छ । किनकि तपाईँलाई प्रेम गर्ने मान्छे, तपाईँ कमजोर अवस्थामा भएपनि उस्ले तपाईँलाई सधै साहस प्रदान गर्छ ।

४) अनि तपाई आफ्नै प्रेमसम्वन्धका बारेमा हामी जान्न सक्छौ ?

निमेशले प्रेम नगरेको भए प्रेम लेख्न सक्दैनथ्यो । किनकि मान्छेले त्यहि लेख्छ जुन उस्ले अनुभव गरेको छ । अहिलेलाई यत्ति बुझौँ ।

५) पहिलो कृति फाईभ मन्थ्स्, र फेब्रुअरी १४ मा पाठकहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ?

पहिलो कृतिमा बाल्यकाल जीवनको प्रेम कथा थियो । दोस्रोमा युवा जीवनको । दुबै कृतिमा मैले उमेर बढिरहेका पाठकबाट आफूले ठ्याक्कै यस्तै भोगेको कुराहरु प्रतिकृया पाएँ ।

पक्कै पनि, सबैलाई कथा मन नपर्न सक्छ । समालोचना पनि उत्तिकै खेप्नु पर्छ । त्यहि समालोचनालाइ समेटेर अब छिटै नयाँ किताब लिएर आउनेछु ।
६) लेखिरहनु भएको छ की अब सुरु गर्ने हो ? कति समय लाग्छ नयाँ कृति आउनका लागि ?

लेखेर सकियो सम्पादनमा जाँदैछ । अब तीन चार महिनामा पक्कै पनि आउनेछ ।

७) लेख्दै गर्दा भएको अनुभव र प्रकाशनपछिको अनुभव भनिदिनुहोस् न ।

लेख्दै गर्दा मनमा उत्साह थियो । तर लेखिसकेपछि, प्रकाशन भएपछि मनमा डर उत्पन्न हुँदो रहेछ । डर यो हुन्छ कि, पाठकहरुले मेरो किताब मन त पराउनुहुन्छ होला वा नहोला ? यो अनुभव मलाई मेरा दुबै पुस्तकले दिएका छन् । आज पनि कुनै नयाँ पाठकले पुस्तक किनेर अब पढ्न सुरु गर्दैछु भन्दा डर लाग्छ ।

८) तपाईँको बुझाईमा साहित्य के रहेछ ?

साहित्य भनेको समाजको प्रतिविम्ब हो । जे समाजमा चलेको थियो, चलेको छ र चल्ने छ त्यो बुझाउने नै सहित्य हो ।

९) अनि नि, आज प्रणय दिवस : प्रेम गर्नेहरुलाई के भन्नुहुन्छ ?
प्रेम गर्नेहरुलाई त्यो प्रेम सधै जोगाएर राख्नुस् भन्छु । जस्ले प्रेम गर्छ, बिश्वास गर्छ, आफू भन्दामाथि राख्छ, उस्लाई पनि बिश्वास गर्नु, प्रेम गर्नु । झगडा हुनु स्वभाविक हो, नहुने होइन, तर त्यो झगडालाई दुवै जनाले नै समाधान गरेर प्रेमको सुनौलो बाटोमा सधै संगै हिड्नु पर्छ । किनकि प्रेम मिठो थियो, छ र रहिरहनेछ ।

खबरपोष्टका लागि समय दिनुभयो, धन्यवाद । तपाईको नयाँ कृतिको सफलताको शुभकामना । अनि तपाईको प्रेमलाई पनि शुभकामना ।

       मैले जानेबुझेको कुरालाई स्थान दिनुभयो । त्यसका लागि खबरपोष्टलाई धन्यवाद ।

Ads

सम्बन्धित पोष्टहरू