Ads

मकै भनेर केराउ तस्करी


भैरहवा\ मकै भनेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३५० बोरा केराउ रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ।  बिहीबार दिउँसो २ बजेतिर रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ सुगरमिल क्षेत्रमा जाँच गर्ने क्रममा उक्त केराउ बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले मकै भनेर ट्रकमा हालेर भारतबाट नेपाल ल्याइएको गरेको केराउ नियन्त्रणमा लिइएको जानकारी दिइन्।

प्रहरी कार्यालयको टोलीले शंका लागि ट्रकमा रहेका बोरा जाँच गर्दा बाहिर वरिपरि ४५ वटा बोरामा मकै र भित्रतर्फ ३०५ वटा बोरामा केराउ भेटिएको प्रहरी नायब उपरीक्षक खनालले बताइन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले भारतीय नम्बर युपी १५ सिटी ८१८९ को ट्रकमा भन्सार छली गरी ल्याइएको सामग्री आउँदै छ भन्ने सूचनाका आधारमा जाँच गर्दा १५ हजार २५० केजी केराउ र २ हजार ४ सय ७५ केजी मकै बरामद भएको बताए।

Ads

सम्बन्धित पोष्टहरू