Ads

दुई मन्त्री नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा


काठमाडाैं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ।

सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै जसपा सरकारबाट बाहिरिएको हो।

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादीबाट कृषि मन्त्री बनेका भण्डारी लाल अहिरले केहिबेर अघि राजीनामा गरेका छन् ।

सरकारबाट बाहिरिएको जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।

Ads

सम्बन्धित पोष्टहरू