Ads

तीन दिनमा २२ जनाको मृत्यु, चालु वर्षमा २ सय ५८ पुगे


बुटबल\ पछिल्ल्लो तीन दिनमा पाल्पा, कपिलवस्तु र दाङमा गरी २२ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा बिहीबार राति १ बजे भएको दुर्घटनामा १० जनाको मृत्यु भयो । ३० जना घाइते भए । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको उक्त बस तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

१० जनाको सिट क्षमता भएको जिपले २७ यात्रु बोकेर गुड्दा फागुन १ गते पाल्पामा जिप दुर्घटना भयो । उक्त दुर्घटनामा १० जनाले ज्यान गुमाए भने १७ जना घाइते भए । पहाडी कच्ची बाटो तिनाउ गाउँपालिका मस्यामको सिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेक डाँडामा दुर्घटनामा परेको थियो ।

फागुन २ गते दाङमा पिकअप गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा सवार दुई जनाको मृत्यु भएको थियो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट चालु आर्थिक वर्षमा २ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो पाँच वर्षमा १२ जिल्लाका २ हजार ८ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटना विश्लेषण अनुसार करिब ५० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण भएका छन् । यसपछि सवारी, सडक, यात्रु र प्रहरीको फितलो अनुगमनका कारणले दुर्घटना भएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू