काठमाडौँ — इराकी प्रधानमन्त्री मुस्तफा अल कदिमीले राजधानी बग्दादस्थित निवासमा भएको आक्रमणमा जोगिन सफल भएको बताएका छन् । बग्दादको ग्रिन जोनमा अवस्थित उनको निवासलाई लक्षित गर्दै विस्फोटक पदार्थ भरिएको ड्रोन आक्रमण भएको थियो ।
सो आक्रमण प्रधानमन्त्री अल कदिमी हत्याका लागि गरिएको बताइएको छ । यसअघि प्रधानमन्त्रीलाई अस्पताल लगिएको समाचारहरु आएका थिए ।
प्रधानमन्त्री अल कमिदीले ट्विट गर्दै ‘इराकका लागि सबै जनाले शान्ति र धैर्य कायम गर्न’ आह्वान गरेका छन् । अधिकारीहरुले प्रधानमन्त्रीको सुरक्षामा रहेका ६ जना घाइते भएको बताएका छन् ।
धेरै वटा सरकारी कार्यालय र दूतावास रहेको सो क्षेत्रमा भएको आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । अमेरिकाले आक्रमणको भत्सर्ना गर्दै अनुसन्धानका लागि सहयोगको प्रस्ताव गरेको छ । अमेरिकाले सो कार्यलाई आतंकवादी कार्य भनेको छ ।
प्रतिक्रिया दिनुहोस्