Ads

चम्ल्याहा शिशुमध्ये दुईको मृत्यु,आमा र दुई शिशुहरूको उपचार हुँदै


भैरहवा, कात्तिक २२ गते । रुपन्देहीमा एक महिलाले जन्माएका चारजना शिशु मध्ये दुई जनाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार समय अगावै जन्मिएको, तौल कम भएको र प्रतिरोधात्मक क्षमता नभएकाले शिशुहरुको मृत्यु भएको हो ।

एकको शनिबार र अर्कीको आइतबार मृत्यु भएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिनुभयो ।

हाल आमा सामान्य वार्डमा र दुई शिशुहरूलाई एनआईसीयूमा राखेर उपचार गरिएको छ ।

कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउंपालिका–१ चिदीपानीकी २४ वर्षीया सीता सार्कीले साउन ९ गते दिउँसो चार छोरीलाई जन्म दिनुभएको थियो । आर्थिक स्थिति कमजोर रहेकी सीताका छोरीहरुको उपचारका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गरिरहेका छन् ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसी नेतृत्वको टोलीले शल्यक्रियामार्फत सुत्केरी गराएको थियो । पहिलो शिशुको तौल एकहजार एकसय ग्राम, दोस्रोको एकहजार ११५ ग्राम, तेस्रोको एक हजार ६० ग्राम र चौथोको एकहजार १३० ग्राम थियो ।

Ads

सम्बन्धित पोष्टहरू