काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा आज बसेको केन्दीय समितिको बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सातै प्रदेशमा संयोजक तोक्नुका साथै अधिवेशन स्थलहरु समेत निर्धारण गरेको छ ।
आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले सातै प्रदेशका संयोजक तथा अधिवेशन स्थलको टुङ्गो लगाएको हो ।
बैठकले अधिवेशन सम्पन्न गर्नका लागि प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा कानुन मन्त्री दिलेन्द्र बडूलाई संयोजक तोकिएको काँग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
कार्यतालिका बमोजिम काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । यस्तै बैठकले प्रदेश अधिवेशन गर्न हाल प्रदेशको राजधानी रहेका स्थानहरुलाई नै तोकेको छ । जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा, २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन गर्ने गरि निर्णय भएको प्रवक्ता शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्