Ads

नेकपा (माले)को महासचिवमा पुनःमैनाली


चितवन– नेकपा (माले)को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन्।

मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन भएका हुन्। मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको मालेका केन्द्रीय सदस्य भगवती घिमिरेले जानकारी दिइन्।

‘महाधिवेशनबाट ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका छौं। अहिले ५८ जना सदस्य चयन भइसक्नुभएको छ। आगामी बैठकमा बाँकी सदस्यहरूको संख्या थप गर्दै जान्छौँ’, उनले भनिन्। केन्द्रीय कमिटीको आगामी बैठकबाट बाँकी पदाधिकारीको पद विभाजन गरिने उनको भनाइ छ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा शनिबारदेखि भएको मालेको आठौँ महाधिवेशन सोमबार केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको हो। महाधिवेशनमा देशभरबाट तीन सय ५० प्रतिनिधि सहभागी भएका थिए।

मंगलबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको बन्दका कारण मालेले स्थायी कमिटी सदस्य र पोलिट व्यूरो सदस्य चयन गर्न भ्याएन। स्थायी कमिटी सदस्य र पोलिट व्यूरो सदस्य पनि आगामी बैठकबाट चयन गरिने उनले बताइन्। मालेको विधान अनुसार पोलिट व्यूरो सदस्यमा केन्द्रिय कमिटीको एक तिहाई सदस्य रहने व्यवस्था छ। –न्युज कारखाना

Ads

सम्बन्धित पोष्टहरू