Ads

प्रवेश गर्नेहरुको भविष्य सुरक्षित-ओली


खबरपोष्ट समाचारदाता
धनकुटा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको पछि लागेर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले दुईतिहाइको सरकार ढालेको आरोप लगाउनु भएको छ ।
धनकुटाको खोकुछिन्ताङमा सोमबार आयोजित पार्टीको जनसभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले माधव नेपालले राजनीतिक बाटो बिराएको पनि टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेस त यति थोत्रो भइसक्यो कि अब कामै लाग्दैन। तर त्यही थोत्रो पार्टी कांग्रेसका पछाडि लाग्ने कस्ता होलान् ?’
कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्षसहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता र कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

अध्यक्ष ओलीले अन्य पार्टीहरू परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको भविष्य सुरक्षित भएको दाबी गर्नुभयो ।

२०३६ साल कात्तिक २९ गते पञ्चायत सरकारविरोधी आन्दोलनको क्रममा कम्युनिष्टमा आस्था राखेको आरोपमा तत्कालीन सरकारले छिन्ताङमा १६ जनाको गोली हानेर हत्या गरेको थियो ।

छिन्ताङमा हत्या गरिएका १६ जनालाई केही वर्षअघि मात्र राष्ट्रिय शहीद घोषणा गरेर हरेक वर्ष आजकै दिन छिन्ताङ स्मृति दिवस मनाउने गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू