काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाउने भएको छ ।
गत १४ कात्तिकदेखि नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । ८ कात्तिकदेखि सर्वोच्च अदालतका १९ न्यायाधीशले इजलास बहिष्कार गरिरहेका छन् ।
बारले प्रधान्यायाधीशलाई महाभियोग लगाउन माग गदै दलहरूलाई भेट्ने भएो हो । दलहरूले भने न्यायपालिकाको आन्तरिक विवाद भएकाले त्यतैबाट सुल्झ्याउन भन्दै पन्छिरहेका छन् ।
बारका महासचिव लीलामणि पौडेलका अनुसार दलका शीर्षस्थ नेताहरू राजनीतिक कार्यव्यस्थतामा भएकाले सचिवालय र उनीहरूका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
कांग्रेसको क्षेत्रिय अधिवेश सुरु भएकाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएकाले बारकाले भेट्न पाएनन् । कांग्रेस सांसद पुष्पा भुसालले बारका प्रतिनिधिलाई देउवासहित नेताहरू व्यस्त भएकाले संसदीय दलको कार्यालयमा पत्र लगेर छाड्दिन भनेकी थिइन् । यस्तै एमालेको तर्फबाट उपनेता सुवास नेम्वाङले ज्ञापनपत्र बुझ्नका लागि समय दिएको महासचिव पौडेलले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष गृहजिल्ला चितवनमा रहेकाले संसदीय दलको कार्यालयमा पत्र छाड्न भनेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि एक अन्तर्राष्ट्रिय कार्यक्रममा व्यस्त हुने भएकाले संसदीय दलकै कार्यालयमा पत्र छाड्न भनेका थिए । यस्तै सत्ता गठबन्धकै जनता समाजवादी पार्टीले पनि भेट नदिने भएको छ । एक महिनादेखि नेपालको न्यायालय ठप्प हुँदासमेत नेपालका नेताहरू मौनता साँधेर बसेका छन् ।
उनीहरूले कुनै निकास नदिँदा देशभरको अदालतबाट न्याय निरुपण लगायका कामकारबाही हुन सकेको छैन । महासचिव पौडेलले दलहरूको ध्यानाकर्षण गराएपछि चासो दिएर महाभियोग लगाउनेमा विश्वास व्यक्त गरे । उनले प्रधानन्यायाधीशबाट जबराको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताउदै आएका छन् ।
सभामुख र अध्यक्षलाई पनि पत्र
नेपाल बारका प्रतिनिधिले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई पनि भेट्ने भएका छन् । उनीहरूलाई पनि भेटेर न्यायपालिका प्रमखु जबरा विरुद्ध भइरहेको आन्दोलन र महाभियोग लगाउने बारे ध्यानाकर्षण गर्ने बारमा महासचिव पौडेलले जानकारी दिए । उनीहरू दुवैलाई संसद् सचिवालयमा भेट्ने कार्यक्रम रहेको उनले जानकारी दिए । पौडेलले दिउँसो २ बजेदेखि भेटघाट सुरु हुने र ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।
प्रतिक्रिया दिनुहोस्