काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको न्याय क्षेत्रमा अहिले क्यान्सर भईसकेको आरोप लगाएका छन् । न्यायालयको समस्या समाधानका लागि ५ दलीय गठवन्धन र सरकार असफल भएको बताए ।
एमालेको युवा संगठनले गठन गरेको साइबर सर्कलले आयोजना गरेको अन्तरक्रियामा बोल्दै ओलीले भने, ‘यीनिहरु जुनबाटोबाट आए सर्वोच्च अदालतको हालत हेर्नुस् त । अहिले देशमा आन्दोलन छैन । अदालतमा हेर्नुस त । यो भनेको ५ दलको कानुनी क्षेत्रको रिफ्लेक्सन हो । जे गर्नुभएको थियो त्यसको प्रकटिकरण हो । हाम्रो न्यायीक क्षेत्रमा क्यानसर भईसकेको छ । तर धामी झाँक्री लगाएर अण्डा मन्साउन खोजिदैछ ।’
ओलीले अहिले राजनीतिमा नेकपा एमाले एकातिर र अन्य दल अर्कातिर भएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्