Ads

एमालेका लागि होइन,देशका लागि बहुमत ल्याउनु पर्छः केपी ओली


काठमाडौं । एमालेका लागि नभएर देशका लागि बुहमत एमालेले ल्याउनु पर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए । उनले आफ्नो पार्टीको १०औं महाधिवेशनलाई उद्घाटन गदै उक्त कुरा बताएका हुन ।
उनले एमाले देशको हरेक परिवर्तनको आन्दोलनका सहभागी भएको बताए । उनले भने ‘एमाले यो देशलाई राणा शासन ढाल्ने आन्दोलन देखि पंचायत ढाल्ने आन्दोलनमा सहभागी भएको पार्टी एमाले हो । आजका समस्याहरु ठिक ढङगले पहिचान गर्ने सामथ्र्य भएको पार्टी एमाले हो । नेपालका आर्थिक ,सामाजिक समस्या,राजनीतिक समस्या समाधान गर्ने अभिभार एमालेको हो ।’

यो १०औं महाविधेशले देशलाई सहि दिशा दिने बताए । उतार चढाउकाबीच सफलताका सिढी चढी रहेको छ । उग्रवामपन्थ होइन, क्रान्तिकारी परिवर्तन गर्न यो पार्टी रहेको बताए ।
यो पार्टीको महाविधेशन सबैले आसका साथ हेरिरहेको बताए । जनताको उत्साह कस्तो हुन्छ । सहभागी हुन । हेर्न सक्ने अवस्था कस्तो हुन्छ ? सबैले हेरीरहेका ओलीले बताए ।

ओलीले यो पार्टीले विधान महाधिवेशन सफलसाथ सम्पन्न गरेका बताए । यो महाधिवेशनले देशका समस्या पहिचान गरेर समाधान गर्ने गरीसम्मपन्न हुने बताए ।
परमादेशबाट सरकार फेरीने कुरा तर्फ नजाउ । जनताकाबीचमा जाउ भनेर आग्रह गर्दा अन्य राजनीतिक दलहरु त्रसीत भए । भविश्यमा चुनाव आउदै छन् । हामी अब चुनावको तयारीमा जादै छौ । जनमतको तयारी गदैछौ । जनमतबाट एकल बहुमत ल्याउनु छ । एमालेका लागि होइन देशका लागि बहुमत ल्याउनु छ । लोकतन्त्रको रक्षाको लागि बहुमत ल्याउनु छ । संविधानको रक्षाको लागि एमालेले बहुमत ल्याउन अनिर्वाय छ ।

अल्पविकशितबाट विकशित देशमा अगाडि बढाएको बताए । कालापानी र लिम्पियाधुराको जमिन नक्सामा छापेका छौ । यदि फिर्ता भएन भने हामीलाई पोलीरहेने बताए । उनले भने ‘कालापानी लिम्पियाधुराको जमिन समेटेर नक्सा छापेका छौ । यदि जमिन फिर्ता पाएनौ भने हामीलाई पिडा हुने छ । यसको लागि कुटनितिक पहलद्धारा जमिन फिर्ता ल्याउन पहल गर्नु पर्छ ।

Ads

सम्बन्धित पोष्टहरू