Ads

अनेक अनुमानका विच बिपरित यस्तो नेतृत्व चयन गर्दैछ एमाले, मध्यरातको निर्णयपछिको स्पष्ट संकेत


बिशेष सम्बाददाता,खबरपोष्ट
चितवन । अनेकका अनेक अनुमान बिपरित एमालेको दशौं महाधिबेशनले आश्चर्यजनक नेतृत्व चयन गर्दैछ ।
चितवनमा अद्भूत शक्ति प्रदर्शनसंगै उद्घाटन समारोह लगत्तै बसेको यो कार्यकालको केन्द्रिय कमिटी बैठकको अन्तिम निर्णयले यस्तो संकेत गरेको हो ।
जुन बैठक महाधिबेशन उद्घाटन लगत्तै चितवनको सौराहामा बसेको थियो । मध्यराममा सम्पन्न बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएको छ ।
यसको पुष्टि प्रचार बिभाग प्रमुख योगेश भट्राईले गरेका छन् । उनले मध्यरातको निर्णय भन्दै मध्य रातमै सामाजिक सञ्जालमा हस्तलिखित बिज्ञप्ति जारी गरेका छन् ।


बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पु¥याएको छ । एमाले सचिव एवं प्रचार विभाग प्रमुख भट्टराईका अनुसार ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय गरेको छ । अन्य पदको संख्या यथावत् राखिएको छ ।
एमालेले अनुशासन आयोग र लेखा आयोगलाई २५–२५ सदस्यीय बनाएको छ ।
बैठकले स्थायी कमिटीबाट मनोनीत गरिएका महाधिवेशन प्रतिनिधिलाई अनुमोदन गरेको छ । निर्णयलाई अनुमोदनका लागि महाधिवेशनको बन्द सत्रमा पेस गरिने भट्टराईले बताए ।
यस्तो निर्णयसंगै अध्यक्ष ओलीसंग आकांक्षा राखेका अधिकांश नेताहरु समेटिनेछन् । तर श्रोतका अनुसार उनीहरुको पद र भुमिका भने फरक हुन सक्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू