Ads

ओलीले राष्ट्रपति बनाउँछु भन्दा पनि वरिष्ठ उपाध्यक्षको दाबी छाडेनन नेम्वाङले


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि सदस्य सुवास नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छोड्न आग्रह गरेका छन् । नेम्वाङलाई अवसर आए राष्ट्रपति बनाउने प्रस्ताव गर्दा पनि वरिष्ठ उपाध्यक्षको दाबी छाडेका छैनन् ।

ओलीले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छोड्न आग्रह गरेका छन् । ओलीले पार्टी एकताको सन्देश दिनलाई पनि पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्न खोजेका छन् । तर नम्वाङले भने ओलीको प्रस्ताव नमानेको स्रोतले बताए ।
ईश्वर पोखरेल दुई पटक महासचिव भएकाले वरिष्ठ उपाध्यक्ष बनाउन चाहेका छन् । पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चाहना रहेको बताइन्छ । नेम्वाङ भने पोखरेललाई बरिष्ठ उपाध्यक्ष छाड्न तयार छैनन्। आफू बरिष्ठ उपाध्यक्षमा प्रतिष्पर्धा नै गर्न तयार रहेको बताएका छन् ।

नेम्वाङ र उपमहासचिव घनश्याम भुसाल पनि मिलेको बताइन्छ । पूर्वमाओवादी र दश बुँदे सहमति गरेर एमालेमा नै बसेका नेताहरुसंग नेम्वाङको सम्बन्ध राम्रो रहेको बताइन्छ ।

ओलीका निकट नेम्वाङ ओलीको आग्रहसमेत नमानेर अगाडि बढ्न तयार छन् । ओलीले पार्टीले अवसर पाएको अवस्थामा नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि स्वीकारेका छैनन् ।

ओलीले सुवास नेम्वाङलाई राष्ट्रपति प्रस्ताव गरेसँगै पार्टीले जिम्मेवारी पाउँदा उपराष्ट्रपति अष्टलक्ष्मी शाक्यलाई बनाउने प्रस्ताव गरेका बताइन्छ ।

एमालेको दसौं महाधिवेशनको बन्दसत्र सौराहामा सुरु भएको छ। बन्दसत्र समाप्त भएपछि निर्वाचन कार्यक्रम सुरू हुनेछ।

Ads

सम्बन्धित पोष्टहरू