चितवन । नेकपा एमालेले बन्दसत्रको हलबाट नै सर्वसम्मत नेतृत्व चयनको जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । महाधिवेशनको बन्दसत्रको हलबाट केन्द्रीय सदस्यदेखि पदाधिकारी चयन गर्ने अधिकारी दिएको छ ।
एमाले महाधिवेशनको बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गरेको बताइएको छ । उक्त प्रस्तावलाई हलले समर्थन जनाएको बतइएको छ । तर अध्यक्षका उम्मेदवार भीम रावले उक्त प्रस्तावको विरोध गरेको बताइएको छ ।
सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्