काठमाडौं । नेकपा एमालेको महाधिवेशनको दोस्रो दिनको बन्दसत्र सरेको सर्यै भएको छ । बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।
केहि समय पहिला एमालेले साँझ ७ बजे बन्दसत्र सुरु हुने भनेको थियो । एमाले नेताका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको जनाएको छ ।
अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने बताइएको छ । अध्यक्ष मण्डलको बैठकमा केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका पदाधिकारीसहित ३०१ सदस्यीय सूची तयार पारेका छन् । अध्यक्ष मण्डलको बैठकले उक्त सूची अनुमोदन गरेपछि बन्द सत्रमा लगिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्