Ads

एमाले महाधिवेशनः दोस्रो दिनको बन्दसत्र बल्ल सुरु


काठमाडौं । नेकपा एमाले को दसौँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु भएको छ।

शनिबारबाट सुरु बन्दसत्र आज दिन भरी नेतृत्वमा सहमति गर्ने प्रयासका कारण समयमा सुरु हुन सकेन । बिहान १० बजे सुरु हुने भनेको बन्दसत्र साँझ ७ बजेका लागि तय भएको थियो , फेरी सारेर ८ बजे पुर्याइएको थियो। तर अहिले बल्ल ९ बजे बन्दसत्र सुरु भएको छ ।
अबको केही बेरमा ध्वनी मतले नेतृत्व चयन भएको घोषणा हुनेछ। एमालेले पाँच बर्षका लागि नयाँ नेतृत्व पाउने छ ।

बन्द सत्रको कार्यक्रम निर्वाचन कमिटीले सञ्चालन गर्दै छ

एमालेको बन्द सत्र हुने स्थानमा कडाई गरिएको छ। अहिले प्रतिनिधि बाहेक अरुलाई प्रवेशमा रोक लगाइएको छ।

Ads

सम्बन्धित पोष्टहरू