काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनको लागि सोमबारबाट चुनावी प्रक्रियामा सुरु भएको छ । एमाले साविक अध्यक्ष केपी शर्मा ओलीले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
ओलीको उम्मेदवारीमा प्रस्तावक विष्णु पौडेल पौडेल र समर्थकमा शंकर पोखरेल छन्।
यसअघि साविक उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । रावलको उम्मेदवारीमा प्रस्तावक महादेव बजागाईं र समर्थक दूधकला विष्ट छन्।
सर्वसम्मतीबाट नेतृत्व चयनका लागि आइतबार मध्यराति ओलीले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको सूची बन्दसत्रमा पेस गरेका थिए । तर पनि भीम रावल, घनश्याम भुसाललगायत नेताले निर्वाचन नै गर्नुपर्ने अडान लिएपछि एमाले महाधिवेशन अन्ततः चुनावी प्रक्रियामा गएको छ ।
प्रतिक्रिया दिनुहोस्