काठमाडौं । नेकपा एमालेका तत्कालीन आध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा प्रस्तुत गरेको लिस्टमा नपरेका चारै जना नेताहरु निवार्चनबाट पराजित भएका छन् । अध्यक्षमा भीम रावलसँगै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्की पराजित भएका हुन् । यी चारै जना नेताहरुलाई ओलीले आफ्नो प्रस्तावित लिस्टमा राखेका थिएनन् ।
महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीप्रति असहमति जनाउँदै चारै जना नेताहरुले उम्मेदवारी दिएका थिए ।
चारैजना पराजित भए पनि उनीहरुले प्राप्त गरेको मत केहीबेरमा आधिकारिकरूपमा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आधिकारिक निर्वाचन परिणाम केहीबेरमै सार्वजनिक गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्