Ads

नेपाली काँग्रेसको कोषमा करिब १३ करोड रुपैयाँ


काठमाडौं । नेपाली काँग्रेसको कोषमा करिब १३ करोड रुपैयाँ रहेको छ ।

नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले काँग्रेसको कोषअन्तर्गत मुद्दती खातामा १० करोड र अन्यमा थप दुई/तीन करोड रुपैयाँ रहेको जानकारी दिएकी छन् ।

पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूले चाहेअनुसार कोषलाई पारदर्शी, मितव्ययी बनाउन नसके पनि सकेसम्म पारदर्शी र मितव्ययी बनाएको जानकारी दिइन् ।

आर्थिक प्रतिवेदन बन्दसत्रमा पेस गरिने भए पनि उद्घाटन सत्रमै सामान्य जानकारी दिएको उनले बताइन् ।

Ads

सम्बन्धित पोष्टहरू