Ads

अदालत अस्तव्यस्त, सरकार गतिहीन, पार्टी भद्रगोल : रामचन्द्र पौडेल


काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालत अस्तव्यस्त, सरकार गतिहीन, पार्टी भद्रगोल भएको बताएका छन् ।
पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यसको समीक्षा गर्दै नेतृत्वले कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्ने र कार्यकर्ताले पनि नेतृत्वको मूल्याङ्कन गर्ने हैसियत राख्नुपर्ने धारणा राखे ।

उनले भने ‘हामीले विरोधीसँग प्रतिस्पर्धा गर्नलाई पार्टीलाई सक्षम बनाउन जरुरी छ  । नेपाल अवरुद्ध अवस्थामा छ । संसद् चलिरहेको छैन । सर्वोच्च अदालत अस्तव्यस्त अवस्था छ । सरकार गतिहीन छ । पार्टी भद्रगोल छ । परिवर्तनअनुसार हामी अघि बढ्न सक्यौँ कि सकेनौ ?’

उनले महाधिवेशनमा नीति र कार्यक्रमबाउनको जोड थियो-‘आत्मसमीक्षा र आत्म मूल्यांकन गर्नुपर्छ । के कारणले कम्युनिस्ट भन्दा काँग्रेस पछि पर्‍यौँ यसबारे आत्मसमीक्षा गर्नुपर्छ ।’ रे गम्भीर छलफल गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको धारणा राखे ।

Ads

सम्बन्धित पोष्टहरू