Ads

आफूलाई भोट माग्दै देउवाले भने-गाउँदेखि माथिसम्म काँग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो


काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि तानाशाही सरकार नआओस् भन्ने कुराको फैसला काँग्रेसको १४ औँ महाधिवेशनले गर्ने बताउनुभयो ।

पार्टीको १४ औँ महाधिवेशन समारोहमा आफ्नो मन्तव्य बोल्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा भन्नुभएको हो ।

अब आउने सरकार पनि कांग्रेसको बनाउने भन्दै उहाँले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्नुभएको छ । ‘मलाई जिताउनुस् म स्थानीयदेखि राष्ट्रिय सरकार काँग्रेसकाे बनाउँछु । मलाई एक पल्ट जिताइदिनुस्,’ उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ति पाए । गाउँदेखि माथिसम्म काँग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो ।’’

Ads

सम्बन्धित पोष्टहरू