Ads

कांग्रेस महाधिवेशनमा दिए ५ सय ४८ जनाले उम्मेद्वारी


काठमाडौँ –
कांग्रेसको १४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ५ सय ४८ जनाले उम्मेद्वारी दिएका छन् । सभापति समित विभिन्न उम्मेद्वारी मनोनयन गर्ने समय सकिने बेलासम्म ५ सय ४८ जनाले उम्मेद्वारी दिएका हुन । यसैगरी १३ पदाधिकारीका लागि ३८ जनाको उम्मेद्वारी दर्ता भएको छ।

शनिबार बिहान ११ बजे देखी साँझ ५ बजेसम्म सभापतिमा एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १ सय ३४ सदस्य पदका लागि मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो ।

१३ पदाधिकारीका लागि ३८ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्।
उपसभापतिमा देउवा प्यानलबाट पूर्णबहादुर खड्का, विजयकुमार गच्छदारको उम्मेद्वारी परेको छ। कोइराला टिमबाट धनराज गुरुङ र चन्द्र भण्डारी, सिंहको प्यानलबाट सुजाता कोइराला र महेश आचार्यले उम्मेद्वारी दिएका छन्। दिव्यश्वरी साहले पनि उपसभापतिमा उम्मेद्वारी दिएकी छिन्।

यसैगरी महामन्त्रीमा देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, कोइराला प्यानलबाट मीनेन्द्र रिजाल र गगनकुमार थापा तथा सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र निधि प्यानलबाट राजाराम कार्कीले उम्मेदवारी दिएका छन् । 

आठ सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, डिना उपाध्य, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै थारुतर्फको केन्द्रीय सदस्यका लागि १४ जना, मधेसीका लागि ३२ जना, आदिवासी जनजातिका लागि ८७ जना, खसआर्यका लागि ९३, दलितका लागि ३९ जनाको उम्मेद्वारी परेको छ।
त्यस्तै महिला केन्द्रीय सदस्यका लागि ३१ जना, पिछडिएको क्षेत्रबाट २ जना, अपांगका लागि १६ जना, अल्पसंख्यक केन्द्रीय सदस्यमा ६ जना, मुस्लिमका लागि १६ जना, प्रदेश १ का लागि १३ को उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ।
त्यस्तै प्रदेश २ बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि ५ जना, बागमतीबाट ९ जना, गण्डकीबाट ७ जना, लुम्बिनीबाट ११ जना, कर्णाली प्रदेशबाट ७ जना, सुदूरपश्चिमबाट १२ जनाको उम्मेद्वारी परेको छ। प्रदेशबाट कम्तिमा एक जना महिलासहित तीनजना निर्वाचित हुने व्यवस्था छ।

त्यस्तै ३५ पदका लागि हुने खुला केन्द्रीय सदस्यमा १०९ जनाको उम्मेद्वारी परेको छ। खुला केन्द्रीय सदस्यमा अधिकांश पुराना र स्थापित नेताले उम्मेद्वारी दिएका छन्। निर्वाचन समितिले उम्मेद्वारको प्रारम्भिक नाम केहीबेरमा सार्वजनिक गर्दैछ।

Ads

सम्बन्धित पोष्टहरू