Ads

न्यौपानेले फिर्ता लिए सभापतिको उम्मेदवारी, शेखरलाई समर्थन


२५ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै शनिबार सभापतिको पदका लागि उनले मनोनयन दर्ता गराएका थिए ।
न्यौपानेले सभापतिका अर्का उम्मेदवार डाक्टर शेखर कोइरालालाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएको समेत बताएका छन् ।
आफूले उठाएका मुद्दा शेखरको प्यानलसँग मिलेकोले उनलाई समर्थन गरेको उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू