मंसिर २६ काठमाण्डौ
भर्खर आफ्नो १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेको दोस्रो पूर्ण बैठक भक्तपुरमा दोस्रो दिन पनि जारी रहेको छ ।
पार्टीको केन्द्रयि कमिटिमा गर्नुपर्ने मनोनयन, विभिन्न विभागका प्रमुख एवं सदस्यहरुको मनोनयन र संघ, प्रदेश, जिल्ला र पालिकातहसम्म एमालेको संगठन विस्तारको कामलाई कसरी अगाडि लैजाने भन्ने लगाएका विषयमा छलफल भईरहेको छ ।
हिजो देखी सुरु भएको बैठकले हिमाली जिल्ला बाहेक जिल्लाका अधिवेशन पुष २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्याण् गरिसकेको छ ।
यसैगरी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै जिल्ला र प्रदेशलाई अधिवेशनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।
यसैगरी एमालेले महाधिवेशनबाट संशोधन भएको विधानको सम्पादन र नियमावली संशोधनको लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्यहरु खगराज अधिकारी र रमेश बडाल हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्