Ads

काँग्रेस महाधिवेशन: १३२ पदका लागि आज मतदान


काठमाडौँ। नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार  मतदान हुँदैछ ।

सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने काँग्रेसको विधानमा उल्लेख छ । यदि कुनै उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारद्वयबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

सभापति पदमा काँग्रेस सभापति शेरबहादुर देउवा,उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा. शेखरप्रसाद कोइराला र कल्याणकुमार गुुरुङबीच प्रतिस्पर्धा हुँदैछ । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुुभएको छ । अब १३२ पदका लागि मतदान हुँदैछ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मतदानका लागि सबै तयारी पूरा भएको र सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने जानकारी दिनुभयो । महाधिवेशनअन्तर्गत मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यका अनुसार सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्य पदको मतदान सकिएपछि सोमबारबाटै सभापति पदको मतगणना हुनेछ । उहाँले गोरखापत्रसँग भन्नुभयो, “मतदान सकिएलगत्तै सभापतिको मतगणना हुन्छ । दोस्रो चरणको मतदान भएमा पनि राष्ट्रिय सभागृहमै मतदान हुन्छ र मतगणना पनि सभागृहमै हुन्छ । पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुन्छ ।”
मतपत्र हाल्नका लागि ८७ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । सभापति पदका उम्मेदवार जिल्लाबाटै महाधिवेशन प्रतिनिधि भएर आउनुुभएको छ भने प्रदेशका लागि छुट्याइएको केन्द्रबाट र महाधिवेशन प्रतिनिधि निर्वाचित नभएका केन्द्रका पदाधिकारी र केन्द्रीय सदस्यले केन्द्रकै मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

६० जनाको उम्मेदवारी फिर्ता
पदाधिकारीसहित ६० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा दुुई पदाधिकारी छन् । सभापति पदका उम्मेदवार युवराज न्यौपाने र सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिनुभयो ।

सञ्जालमा आलोचना
केन्द्रीय सदस्य खुला ३५ तर्फ ९९ जना नेताहरूले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिनेमा नाम चलेका पात्रहरू पनि छन् । तीमध्ये अजयबाबु शिवाकोटीको नाम पहिलो नम्बरमा छ । सञ्चार क्षेत्रका उनको प्रचार शैलीबारे भने सामाजिक सञ्जालमा ब्यापक आलोचना भएको छ ।
प्रचार सामाग्रिमा अरु पार्टीका नेताको तस्बिर दुरुपयोग भएको भन्दै आलोचना भएको हो ।
तीमध्ये सञ्चार अनुसन्धानकर्ता भानुभक्त आचार्यले यस्तो लेख्नु भएको छ-

Ads

सम्बन्धित पोष्टहरू