२८ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको सभापति पदका लागि हुन लागेको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । आज विहान सम्पन्न भएको सभापति पदको मतगणनामा ४ जना मध्ये कुनै पनि उम्मेद्वारको बहुमत नआएपछि दोस्रो चरणको निर्वाचन हुन लागेको छ । पहिलो चरणको निर्वाचनमा बहुमत नआएपछि शेरवहादुर देउवा विहानै देखी आफ्नो पक्षमा मत जुटाउन लाग्नुभएको छ । उँहाले प्रकाशमान सिंहसग भेटगरी आफुलाई समर्थन गर्न अनुरोध गर्नुभयो । देउवाको अनुरोधमा सिंहले सहमति जनाउँदै अब दोस्रो चरणमा हुने निर्वाचनमा आफ्नो पूर्ण समर्थन देउवालाई हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसैगरी देउवा आफै विमलेन्द्र निधिलाई भेट्न उहाँको निवासमै पुग्नुभएको थियो । भेटमा दोस्रो चरणमा देउवालाई समर्थन गर्ने विषयमा सहमति भएको जनाइएको छ । यस अधि भएको निर्वाचनमा कुनैपनि उम्मेद्वारले ५० प्रतिशत भन्दा बढि मत नल्याएपछि अब शिर्ष २ मध्ये पुन प्रतिस्प्रर्धा हुने छ । दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।
प्रतिक्रिया दिनुहोस्