Ads

माओवादीले एमसीसी संशोधनबिना अनुमोदन नगर्ने


काठमाडौं । नेकपा नेकपा (माओवादी केन्द्र)ले एमसीसी संशोधनबिना अनुमोदन नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठक सकिएले सत्तागठबन्धन संग छलफल गरेर मात्र संसदमा पेश गर्ने र संशोधनबिना अनुमोदन नगर्ने निर्णय गरेको छ ।

संसदको हिउँदे अधिवेशन सुरू हुनुअघि दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा ‘ब्रिफिङ’ गरेका छन् ।

बैठकमा प्रचण्डले अमेरिकी परियोजना एमसीसीबारे ब्रिफिङ गरेका थिए । प्रचण्डले गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नै नहुने र संशोधनबिना अनुमोदन पनि नहुने बताएका एक सासदले बताए । ती सांसदका अनुसार माओवादीले एमसीसीबारे पुरानै अडान कायम राखेको बताए।

सम्झौतामा रहेका राष्ट्रहित विपरीतका कुराहरूमा संशोधन नभएसम्म माओवादी यसको विपक्षमा उभिने बैठकमा निर्णय भएको बताइएको छ ।

अमेरिकाले एमसीसी छिटो अनुमोदन गर्न दबाब दिइरहेको छ ।

एमसीसीबारे गठबन्धनमा फरक फरक मत छ । नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा छ ।

Ads

सम्बन्धित पोष्टहरू