काठमाडौं । हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएर राजनीति गरीरहेका थिए । गत निर्वाचनमा एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव लडेका थिए ।
त्रिपाठीले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल गठन गरेका छन् ।
पार्टीमा संयोजक त्रिपाठी भएका छन् । यो पार्टीको प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी सांसद छन् । एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्