Ads

सभामुखलाई ओलीको चेतावनीः हामीलाई नतर्साए हुन्छ


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई नतर्साउन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन् ।

मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरूलाई नियमावली आर्कर्षित हुन्छ भनेर नतर्साउन भनेका छन् ।

संसदमा आफ्नो पार्टीका सांसदहरूले विरोध गर्दा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै आफ्ना सांसदलाई धम्की नदिन भनेका छन् । उनले सभामुख सापकोटालाई धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि चेतावनी दिएका छन् ।

‘संसदमा फेयर गराउन हामी बाध्य गराउँछौँ । संसद पनि फेयर चलाउनुपर्छ,’ उनले भने कुनै जमाना धम्की दिएर चल्थ्यो होला । अब नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन । निकाल्छु भन्नेहरूलाई कारबाही गर्छु भन्नेहरूलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरूलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु ।’

 

Ads

सम्बन्धित पोष्टहरू