Ads

३५ वर्षका गेब्रिएल बने चिलीका राष्ट्रपति


काठमाडौं । चिलीमा ३५ बर्षका गेब्रिएल बोरिक राष्ट्रपतिमा विजयी भएका छन् । बामपन्थी उम्मेद्वार गेब्रिएलले अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई हराएका हुन । विश्ककै कम उमेरका नेताहरुमध्ये ३५ वर्षीय बोरिक पनि पर्छन् । उनी चिलीको इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

एन्टोनियो कास्टले मत गणना आधा बाँकी रहँदा आफ्नो हार स्वीकार गरेका थिए ।

सन् २०१९ र २०२० मा चिलिमा असमानता र भ्रष्टाचार विरोधमा सरकारी विरोधका प्रदर्शनपछि निर्वाचन भएको हो ।

दुबै उम्मेद्वारले देशका लागि एकदम फरक दृष्टिकोण प्रस्ताव गरे र यी दुबै राजनीतिक दलको प्रतिनिधित्व गर्ने बाहिरी व्यक्ति हुन् जो कहिल्यै सरकारमा रहेनन् ।

बोरिकले चिलीको निवृतभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घन्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवद्र्धन गरी असमानता हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू