सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण स्थगित भएको छ ।
बैठकको सुरुवात हुनेवित्तिकै एमालेका सांसदहरुले उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरे ।
संसद अवरुद्ध पार्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको माग सम्बोधन नगरी संसद बैठक चल्न नसक्ने पार्टीको अडान राखेका थिए ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भने देशलाई अगाडि बढाउन सहज हुने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुलाई सदन संचालनका लागि सहज बनाई दिन पटक पटक आग्रह गरेका थिए ।
तर एमालेका सांसदहरुले बैठक अवरुद्ध पारिरहेपछि राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरु पेश गर्ने आजको कार्यसूचि हटाईएको थियो
प्रतिक्रिया दिनुहोस्