काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आन्तरिक विवाद बढेको छ । अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा एकलौटी रुपमा मनोनयन गरेको भन्दै पार्टीभित्र विवाद बढेको छ ।
अध्यक्ष ठाकुरले गरेको मनोनयनप्रति असहमति जनाउदै आएको राजेन्द्र महतो पक्षले पार्टी कार्यालयमै तालाबन्दी गर्ने तयारी गरेको छ ।
पछिल्लो समय लोसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबीच विवाद बढेको छ । अध्यक्ष ठाकुरले एकलौटी रुपमा गरेको मनोनयनप्रति महतोपक्षले असहमति जनाउदै आएको छ । आन्तरिक विादका कारण असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दीको तयारी गरिरहेको बताइएको छ ।
ठाकुरले मंसिर २५ गते प्रदेश २ को लोसपा अध्यक्षमा जितेन्द्र सोनललाई मनोनयन गरेपछि जनकपुरमा लोसपाका ३० जना नेता तथा कार्यकर्ताले तत्कालै विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।
कसैलाई एउटा पनि पद नदिइएको तर कसैलाई तीन–तीनवटा पद दिएर पार्टीमा अराजकता निम्त्याइएको असन्तुष्ट पक्षले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्